२०८३ असार ३० गते मङ्गलवार

बलात्कार अभियुक्त केसी पक्राउ

दाङ, असार ३ । एकजना बलात्कार उद्योगका अभियुक्तलाई प्रहरीले दूई वर्षपछि पक्राउ गरेको छ ।

स्थानीय एक १४ बर्षीया बालिकालाई जवरजस्ती बालात्कार गरि फरार रहेका शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी २३ बर्षीय अनमोल केसी असार १ गते पक्राउ परेका छ्न ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्रडम्मर पालले बालात्कार अभियुक्त केसीलाई इप्रका तुलसीपुरमा राखिएको जानकारी दिए ।

केसीमाथि २०७५ साल पुस ६ गते दिउँसो एक्लै हिडिरहेकी एक १४ बर्षीया बालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोग रहेको प्रहरी निरिक्षक पालले बताए ।

घटना पछि केसी फरार रहेको हुँदा प्रहरीले उनको खोजी गर्दैै आएको थियो ।

 

प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *