२०७८ बैशाख २५ गते शनिवार

बाँकेमा कोरोनाबाट थप एक जनाको ज्यान गयो

असार ३ । बाँकेमा कोरोना संक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। निमोनियाले पिडित भएकी महिला बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएपछी कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर ज्यान गएको हो ।

मृतक ४६ वर्षीय महिला बैजनाथ गाउँपालिका ६ की हुन् भने उनको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।बाँकेमा कोरोना भाइरसको संक्रमणबाट ज्यान जाने उनी दोस्रो व्यक्ति हुन् । बाँकेमा यसअघि जेठ ४ मा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै ज्यान गएको थियो । अहिले सम्म नेपालमा कोरोना संक्रमनबाट १९ जनाको ज्यान गैसकेको छ ।

प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *