तुलसीपुर, जेठ २ । तुलसीपुर ११ का एक युबा समाजसेबिले १६ घर परिवारलाइ राहत वितरण गरेका छन् । कोभिड १९ बिरुद्ध आह्वान गरेको लकडाउनका कारण बिहान बेलुकिको गुजरा चलाउन गाह्रो भएका आफ्नो गाउघरका १६ घरपरिवारलाइ तुलसीपुर ११ प्रिगाउ निबासी युबा समाजसेबी माधब न्यौपानेले राहत वितरण गरेका हुन् ।
उनले प्रती घरपरिवार २५ किलो चामल, १ किलो दाल, १ प्याकेट नुन र १ लिटर तेल वितरण गरेका हुन् । हाल काठमान्डाै स्थित काठमान्डाै ईन्टरनेशनल स्टडि सेन्टरमा कार्यरत न्यौपानेले पठाएको उक्त राहत उहाका बुबा मिन प्रसाद न्यौपाने, भाइहरु दुर्गा न्यौपाने र रोहित न्यौपानेले वडा सदस्य सुबास डागिकाे रोहबरमा वितरण गरेका हुन् ।
प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार