२०८१ माघ ९ गते बुधवार

दाङमा एक गर्भबती र एक सैनिकमा कोरोना संक्रमन

दाङ, असार २ । दाङमा एकजना गर्भवती र एकजना नेपाली सेनाका जवानलाई कोरोना संक्रमन देखिएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ६ की एक भारतवाट आएकी गर्भवतीमा कोरोना संक्रमन भेटिएको गाउँपालिकाकी स्वास्थ्यकर्मी इन्द्रा घर्तीले जानकारी दिइन । उनलाई तीनदिन अगाडि संक्रमन पुष्टि भएको भएपनि घोराहीको आइसोलेसन बस्ने भन्दै घोराही तर्फ गएको उनले जानकारी दिइन । बुधवार मात्रै ती गर्भबती महिलालाई आइसोलेनमा लगिने स्रोतले बताएको छ ।

त्यसैगरी ताप्लेजुङ घर भइ दाङ रिपुमर्दन गनमा घोराहीमा कार्यरत एकजना नेपाली सेनालाई पनि कोरोना संक्रमन पुष्टि भएको छ । बेलझुण्डी कोरोना विषेश अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले ३३ बर्षीय ती नेपाली सेनाका व्यक्तिमा सोमवार कोरोना संक्रमण पुष्टि भएको र राति ९ बजे मात्रै अस्पतालको आइसोलेनसनमा ल्याइएको जानकारी दिए । उनको पद भने खुलाइएको छैन ।
कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ने क्रममा उनी संक्रमित बनेको स्वास्थ्यकर्मीले आशंका व्यक्त गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका एक ५९ बर्षीय व्यक्तिको मृत्युपछि आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । शव डिस्पोजकै क्रममा उहाँलाई कोरोना संक्रमन भएको निश्कर्ष स्वास्थ्य अधिकारीको छ ।

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *