
तुलसीपुर, असार २ । लामो कपाल पाल्ने र मुन्द्रा लाउने युवाहरुलाई प्रहरीले तुलसीपुरमा निगरानी बढाएको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुखको रुपमा नयाँ डिएसपी शिवबहादुर सिंह आएपछि त्यस्तो युवाहरुलाई निगरानी थालिएकोहो । लामो कपाल भएका त्यस्ता केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर आफै इप्रकामा कपाल समेत काट्न लाएको छ । ‘कतिलाई प्रहरीले इप्रकामै लगेर कपाल काट्न लगाएको छ भने कतिलाई मुन्द्रा समेत छराउन लगाएका छ,’ ती प्रहरी अधिकारीले भने ‘ उनीहरुका अभिभावकै आग्रहमा प्रहरीले यस्तो कदम चालेको हो।’कपाल लगाउनु वा मुन्द्रा लगाउनु व्यक्तिको शोख अन्तरगत पर्ने हुँदा त्यसरी कपाल काट्न लगाउनु कानुनको बर्खिलाप मानिन्छ । चर्चितनायक, गायक तथा कलाका साधक , खेलाडी लगाएतले कपाल पालेका हुन्छन् ।
‘तर, यहाँ मुन्द्रा लाउने र कपाल पाल्नेहरुको इमेज राम्रो छैन,’ ती प्रहरी अधिकारीले भने ‘ आफुलाई सो गर्न र दादा देखाउन कपाल पाल्नेर मुन्द्रा लाउने देखासिखी बढेको हुँदा त्यो नियन्त्रण आवश्यक छ।’ ती प्रहरी अधिकारीका अनुसार कतिपय अभिभावकले नै आफ्नो छोरा–छोरीले हैरान पारेको तथा उनीहरुलाई जसरी हुन्छ सुर्धादिन आग्रहगरेको हुँदा अबैध भएपनि मुन्द्रा लगाउने र लामो कपाल पाल्ने केटाहरुको व्यागग्राउन्ड बुझेर त्यो हटाउन लगाउने गरिएको बताए ।
‘आफुलाई सो गर्ने र दादा हुँ भन्ने देखाउनेहरुलाई प्रहरीले छोड्दैन,’ ती प्रहरी अधिकारीले भने ‘ त्यसैको अभ्यास एक दुई दिन अगाडिबाटसुरु भइसकेको छ ।’ उनले प्रहरीको यो सकारात्मक काममा सबैले सघाउनु पर्ने तर्क समेत गरे । उनले युवाहरुको विगत र पृष्ठ भूमि हेरेरत्यस्तो व्यवहार हुने विश्वास दिलाए । कलाकार, कलाका साधक, खेलाडीलाई हेरिन्छ र उहाँहरुलाई त्यस्तो व्यवहार नहुने उनले बताए ।
