२०८३ साउन ३१ गते आइतवार

मिनिट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

असार २ । डोटीमा मिनिट्रक दुर्घटना, दुई जनाको ज्यान गएको छ । सोमबार साँझ डोटीको बडीकेदार गाउँपालिकामा ३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान हो । दुर्घटनामा परि ४० वर्षीय डबल पुन मगर र उनका १३ वर्षीय छोरा धिरज पुन मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

चालक श्यामलाल चौधरी फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घागलबाट धनगढी जाँदै गरेको मिनिट्रक सोमबार साँझ सुनालेक नजिक दुर्घटना भएको प्रहरीले बताएको छ ।  ट्रक सडकबाट एक सय मिटर तल खाेलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *