२०७८ बैशाख २८ गते मङ्गलवार

देशका विभिन्न ठाउँमा आज र भोलि ठुलो पानी पर्ने

असार २। देशमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको छ भने मनसुनी प्रणाली पश्चिम तिर सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विस्तारै पश्चिमी वायुको प्रभाव कम हुँदै जाने र मनसुनी वायु सक्रिय हुनेहुँदा देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । कतै कतै ठूलो पानी पनि पर्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *