२०८१ माघ १० गते बिहिवार

दाङमा ६ स्वास्थ्यकर्मी, २ जनप्रतिनिधि , १ स्वयंसेवक र १ भान्सेमा पनि कोरोना संक्रमन

दाङ,असार १ । सोमवार घोराहीका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमन पुष्टि भएको छ । दुई पुरुष र दुई महिला गरि ४ जना स्वास्थ्यकर्मीहरुमा सोमवार कोरोना पुष्टि भएको हो । जसरमा घोराही उपमाहानगरपालिका वडा नं. ४ को स्वास्थ्य चौकीमा कार्यरत ३१ र ५७ बर्षीया दुई महिला स्वास्थ्यकर्मीमा छन् । त्यस्तै घोराही वडा नं. २ रामपुरको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत ४६ बर्षीय एक पुरुष र वडा नं. ३ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत ४८ बर्षीय एक अर्का पुरुषमा पनि कोरोना संक्रमन देखिएको छ । उनीहरु क्वारेन्टिनमा रेखदेखमा खटिदै आएकाहरु हुन । यसअघि राप्ती गाउँपालिकाका १ र लमही नगरपालिकाका थप १ जनामा पनि कोरोना संक्रमन फेला परेको थियो । यो सहित दाङमा ६ जना स्वास्थ्यकर्मीमा संक्रमन भेटएिको छ ।

बंगलाचुलीमा वडाध्यक्ष र सदस्य पनि संक्रमन
आइतवार जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ का एक वडा सदस्य, एकजना स्वएंम सेवक र एकजना भान्सेमा कोरोना संक्रमन पुष्टि भएको थियो । यसअघि सोही गाउँपालिकाका एक वडाध्यक्षलाई पनि कोरोना संक्रमन पुष्टि भएको थियो । ती वडाध्यक्ष अझैं आइसोलेनसमै छन् । यसले समुदायमा पनि कोरोना फैलन थालेको भन्दै स्थानीय त्रसिद बन्न थालेको गाउँपालिकाका स्वास्थय संयोजक भक्तबहादुर जिसीले बताए ।

दाङमा संक्रमितको संख्या १८७ पुग्यो
सोमबार दाङमा ४३ जना कोरोना संक्रमित थपिएका छन् । घोराही उपमहानगरपालिकामा ४२ जना र बंगलाचुली गाउँपालिका एक जना संक्रमित भेटिएका हुन ।घोराही १७ मा १७ जना संक्रमित भने क्वारेन्टिनमा बसेपनि रिपोर्ट आउनु भन्दा पहिलै घर पठाइएकाहरु हुन । उनीहरु मध्य १५ पुरुष १४ देखि ५५ वर्ष सम्मका छन भने २३ र ३० बर्षीया २ जना महिला छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार घोराही १८ का ७ जनामा कोरोना संक्रमण भेटिएको छ । उनीहरु मध्य २४ देखि ६० वर्ष सम्मका ५ जना पुरुष र २३ र ६० बर्षीया दुई महिला छन् । घोराही ४ मा २० देखि ३१ बर्ष सम्मका ७ पुरुष र ३१, ४१ र ५७ बर्षीया ३ महिला गरि १० संक्रमित फेला परेका छन् । घोराही ५ मा १८ देखि ३८ बर्ष उमेर सम्मका ५ पुरुष, घोराही ३ मा ३३ देखि ४८ बर्ष सम्मका ३ पुरुषमा कोरोना संक्रमन भेटिएको प्रतिष्ठानका कामयमुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिएका छन् ।

त्यसै गरि बंगलाचुली गाउँपलिका ३ का १ जना २२ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको कामु रजिष्ट्रार देवले जानकारी दिएका छन् । योसँगै दाङमा कोरोना संक्रमितको संख्या १ सय ८७ जना पुगेको जिल्ला कोरोना फोलक पर्सन कमल चन्दले जानकारी दिए । ती मध्य ३३ जना उपचारपछि घर फर्किसकेका जानकारी दिइएको छ ।सोमवार फेला परेका घोराहीका ४२ जना सबैलाई घोराही १० नारायणपुरस्थित नगरले निर्माण गरेको आइसोलेसनमा लगिएको छ ।

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *