२०८१ बैशाख ६ गते बिहिवार

अवस्था सहज नहुँदासम्म विद्यार्थीवाट शुल्क नलिन आग्रह

यमकला भुसाल,
तुलसीपुर,असार १ । तुलसीपुर क्षेत्रमा राजनीतिक दलका विद्यार्थी सगंठनहरुले कोरोना भाइरसको अवस्था सहज नहुँदासम्म कुनैपनि बाहानामा शैक्षिक शुल्क नलिन आग्रह गरेका छन् । सत्तासिन दल नेकपाको भातृ संगठन अनेरास्ववियू र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले तुलसीपुर उपमहानगरको शिक्षा शाखामा सोमवार ज्ञापन पत्र बुझाउँदै त्यस्तो माग गरेको अनेरास्ववियूका प्रकाश रावतले बताए ।

ज्ञापन पत्रमा विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको अवस्था सहज नहुन्जेलसम्म पैसा कमाउने उद्देश्यले विद्यार्थी भर्ना नगर्न तथा कुनैपनि बहानामा शुल्क नअशुल्न आग्रह गरिएको छ ।विद्यार्थी संगठनले शिक्षा शााखा प्रमुख भाष्कर गौतमलाई बुझाएको ज्ञापन पत्रमा नीजि विद्यालयका सञ्चालकहरुले असार महिनादेखि विभिन्न माध्यमद्धारा पठन पाठन गरि शुल्क लिने भन्ने कुरा सुन्नमा आएको हुँदा त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘सबै विद्यार्थीको पठनपाठन छिटै सुरु गर्नुपर्ने कुरामा हामी सचेत र जिम्मेवार छौँ,’ नेविसंघका जिल्ला सदस्य किरण केसीले भने ‘तर कोभिड–१९ का कारण विद्यार्थीको स्वास्थ्यमाथी खेलावाड गर्ने अधिकार कसैलाई छैन।’ २०७६ चैत महिनामा शैक्षिक संस्थाहरु सञ्चालन नभएकाले नीजि तथा सामुदायिक विद्यालयहरुले लिएको शुल्क फिर्ता हुनुपर्ने माग गरिएको छ ।आफुहरुको आग्रहको बेवास्ता गरिए तथा विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गर्ने प्रयास भए चरणबद्ध आन्दोलन अगाडि बढाउने चेतावनी नेविसघंका बिदुरराज गौतमले दिए ।

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *