२०८१ फाल्गुन ७ गते बुधवार

दाङमा थपिए ४३ जना कोरोना संक्रमित

दाङ,असार १ । दाङमा सोमबार ४३ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार घोराही उपमहानगरपालिकामा  ४२ जना र बंगलाचुली गाउँपालिका एक जनामा कोरोना पुष्टि भएको छ । सवैभन्दा धेरै संक्रमित घोराही उपमहानगरपालिका वार्ड न १७ का रहेका छन् । उक्त वडामा  १७ जना संक्रमित रहेका छन भने उनीहरुको उमेर १४ वर्ष देखि ५५ वर्ष सम्मका रहेका  छन । उनीहरु मध्य एक जना महिला रहेकी छिन् ।

घोराही उपमहानगरपालिका वडा नं. १८ का ७ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुको उमेर २४देखि ६० वर्ष सम्मका पुरुषहरु छन । उनीहरु मध्य एक जना स्वास्थ्यकर्मी हुन । उनी नयाँ दिल्लीबाट जेठको ३ गते आएर क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै घोराही उपमहानगरपालिका–३ मा ३ जना, वडा नं. ४ मा १० र ५ नम्वर वडामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

वडा नं. ३ मा ४१,३३,४८ बर्षका पुरुष छन । वडा नं. ४ मा १९ देखि ५७ वर्षका र वडा नं. ५ मा १९,३५,१८,२४ र ३८ बर्षीय परुषमा कोरोना संक्रमण देखिएको हो ।त्यसै गरि बंगलाचुली गाउपलिका ३का १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या १ सय ८३ जना पुगेको छ । त्यो मध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *