असार १। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। सोमबार ४५१ थपिएसँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिएको जनाएको छ । हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ। हालसम्म १ हजार ४१ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति : २०७७ असार १ गते सोमवार