
सोमवार विहान वडाकार्यालय घेरा गर्न गएका सर्वसाधारण । तस्विर शिशिर आचार्य ।
दाङ, असार १ । पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका घोराहीका १७ जनामा कोरोना पोजेटिभ भेटिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ का १७ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदाय त्रसिद बनेको स्थानीय शिशिर आचार्यले जानकारी दिए । चौघेरा क्वारेन्टिनमा बसेका ३५ मध्य १६ जनालाई वडाध्यक्ष खुसिराम चौधरीले जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाएका थिए ।उनीहरु मध्य कै १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । चौघेरा क्वारेन्टिनमा बसेका कुल ३५ जनाको जेठ २१ गते पिसिआर टेष्टको लागि स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको वडा सदस्य तुलप्रशाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार वडा नं. १७ कै प्रावि क्वाडीबाट घर पठाइएका थप ४ जनामा पनि कोरोना संक्रमन पुष्टि भएको छ । घर पठाइएका १६ जना मध्य १३ जनाको रिपोर्ट आइतवार पोजेटिभ आएको वडा सदस्य घिमिरेले बताए । रिपोर्ट पोजेटिभ आएकाहरु जेठ ७, ८ र ९ गते छिमेकी देश भारतवाट आएकाहरु भएको वडा सदस्य घिमिरेले जानकारी दिए । १३ जना संक्रमित मध्य १२ पुरुष र एकजना महिला पनि रहेको घिमिरेले जानकारी दिए । उनले आफु रातभर खटिएर संक्रमितहरुलाई आइसोलेसनमा पठाएको जानकारी दिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतवार नै घर पठाइएका १७ जनामा संक्रमन पुष्टि भएपनि त्यो कुरा सर्वाजनिक भने गरिएको छैन ।
तर वडा कार्यालयलाई संक्रमितको व्यवस्थापनको लागि आइतवार नै जानकारी दिइएको हुँदा आफुहरुले रातभर काम गरेर उनीहरुलाई आइसोलेसनमा पठाएको वडा सदस्य घिमिरेले जानकारी दिए । यसैबीच सोमवार घोराही १७ चौघेराका सर्वसाधारणले वडा कार्यालय घेराउ गरेका छन् । गाउँका मानिसहरु भेला भएर वडाध्यक्षको कदमको चर्कौ विरोध भइरहेको स्थनीय शिशिर आचार्यले जानकारी दिए ।