बुटवल, जेठ ३२ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा भर्ना भएका एक जनाको आइतवार दिउँसो मृत्यु भएको छ। गुल्मीस्थित धुर्कोट गाउँपालिकाका ४२ वर्षीय ती पुरुषको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
मृतक भारतबाट आएपछि धुर्कोट गाउँपालिका वडा नं. ४ को क्वारेन्टाइनमा बसेका थिए ।तर उनलाई विगत तीन दिन अगाडिदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि शनिबार मात्रै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।
मृतकलाई ज्वरोसँगै निमोनिया समेत देखिएकोले आइसोलेसनमा राखेर उपचार भइरहेको भएपनि आइतवार दिउँसो ३ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।मृतकको आरडिटी परीक्षण गर्दा कोरोना एन्टीबडी देखिएको भएपनि पिसिआर परीक्षणको रिपोट भने आइसकेको छैन । मृतकको स्वाव संकलन गरेर परीक्षणको लागि पठाइएको अस्पताल स्रोतले जानकारी दिएको छ ।