२०८१ माघ ९ गते बुधवार

रुकुम सोती काण्ड – ३३ जना विरुद्ध कर्तव्य ज्यानसहित ३ वटा मुद्दा दायर

फाइल तस्विर

दाङ, जेठ ३२ रुकुम पश्चिमको चौरजाहारी काण्डमा संलग्न मध्य ३३ जना विरुद्ध कर्तव्य  ज्यान मुद्दासहित तीनवटा शिर्षकमा मुद्दादायर भएको

चौरजाहारी नगरपालिका वडा नं. का वडाअध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बाबु, आमासहित सोती गाउँका ३४ जनालाईप्रतिबादी बनाउँदै जिल्ला अदालतमा आइतवार मुद्दा दायर भएको हो

सरकारी वकिलको कार्यालयले उक्त मुद्दा दर्ता गरेको हो अधिबक्ता रामचन्द्र गौतमका अनुसार वडाध्यक्षसहित ३३ जना विरुद्ध कतव्र्यज्यान (आजिवन कारवाससहित), ज्यान मार्ने उद्योग (घाइतेहरुलाई समेत मार्ने षडेन्त्र गरेको) जातिय छुवाछुत तथा भेदभाव शिर्षकमामुद्दा दायर भएको

३४ जना मध्य एकजनालाई मतियार मान्दै (सहयोगी) मुद्दा दर्ता भएको अधिबक्ता गौतमले जानकारी दिए   उनका अनुसार सोमवारदेखिनै वयान सुरु हुने भएको त्यसमध्य एकजना २० बर्ष भन्दा कम उमेरका नाबालक पनि भएको हुँदा उनको हकमा सोमवार नै बयानपछि थुनछेक बहस समेत हुन सक्ने अधिबक्ता गौतमले बताए

अन्यको हकमा त्यसपछि क्रमश बयान थुनछेक बहस हुने उनले जानकारी दिए  रुकुम घर भएपनि काठमाडौंमा  कार्यरत गौतमपीडितका पक्षमा बहस गर्न भनी रुकुम पुगेका अधिबक्ता हुन

कारवाहीको माग गर्दै प्रदर्शन  
आइतवार रुकुम पश्चिममा चौरजहारी काण्डका सम्लग्नहरुलाई कारवाहीको माग गर्दै पर्दशन भएको जाजरकोट रुकुमपश्चिमका झन्डै एकसयकाृ संख्यामा भेला भएका सर्वसाधरणले दोषी माथि कारवाहीको माग गर्दै अदालको गेट बाहिर समेत पर्दशनगरेका छन् उनीहरुले सूनियोजित हत्या काण्डामा  सम्लग्नहरुलाई आजिवन कारवासको माग गर्दै नारावाजी गरेको प्रहरी अधिकारीलेबताएका छन्

गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका वडा नं. का २१ बर्षीय नवराज विक रुकुमको चौरजहारीको सोतीमा मल्ल थरकीकेटी भगाएर ल्याउन भनि १८ जना साथीहरुका साथ पुगेको समयमा उक्त घटना भएको थियो

विकसहित जनाको शव भेरी नदीमा फेला परेको थियो भने थप १२ जना सोतीका स्थानीयको कुटपिटबाट घाइते भएका थिए गाउँलेकुटपिट गर्दै लेखेट्दै लगेपछि ज्यान जोगाउन भेरीमा हाम फालेका जना मध्य एकजना भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *