जेठ ३२। नेपालमा आज मात्रै ४२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका विभिन्न जिल्लामा आइतबार ४२५ जना संक्रमित थपिएका हुन्।
अब योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ भने ९७४ जना निको भएर घर गएका छन् । अहिले सम्म नेपालमा कोरोनाबाट १९ जनाले ज्यान गुमाएका छन्।
प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार