बुटवल, जेठ ३२ । नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा परी ज्यान गएको छ। आइतबारराति वडाध्यक्ष शर्माले चलाएको लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियो पूर्व–पश्चिम राजमार्गको शिवकलोनी पुलबाट तलखसेको थियो ।
दुर्घटनास्थल बर्दघाट नगरपालिका वडा नम्बर–४ बाट उद्धार गरेर शर्मालाई उपचारका लागि चिसापानी अस्पताल लगिएको भएपनित्यही उनको उपचारकाक्रममा ज्यान गएको थियो ।
बुटवलतर्फ आउँदै गर्दा भएको उक्त दुर्घटना परि हरिला रज्जाक घाइते छन् ।रज्जाकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार