काठमाडौं, जेठ ३२ । पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा पहिरोका कारण आठजनाको मृत्यु भएको छ । पहिलोकाकारण एकजना बेपत्ता रहेका छन् । पहिरोमा परि ५८ वर्षीय तुलबहादुर थापा, उनकी पत्नी मिनकुमारी थापा, नातिनी विविशा थापा, दीपाथापा, कमला विक , प्रमिसा विक, सम्राट थापा र विवेक थापाको मृत्यु भएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलेजानकारी दिएका छन् ।
शनिवार साँझ परेको मुसलधारे बर्षापछि पहिरो खस्दा दुई घर परिवारका उनीहरु पुरिएका थिए ।पहिरोले तुलबहादुर थापाको ६ जनाको परिवार र कमला विकको ३ जनाको परिवारलाई पुरेको थियो ।
गएराति अबेर सम्म सुरक्षाकर्मी रस्थानीयले बेपत्ताको खोजी गरेको थियो । सुरक्षाकर्मीले शनिबार राति तीन जनाको र आइतबार पाँचजनाको शव फेला पारेका हुन ।अहिले पनि बेपत्ता रहेका एकजनाको खोजी भइरहेको प्रहरीले बताएको छ । घटनास्थलमा डोजर पनि लगिएको छ ।