तुलसीुपर, जेठ ३२ । आइतवार दाङमा एकैदिन ५६ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।सबैभन्दा धेरै बंगलाचुली गाउँपालिकामा ४५ जना थपिएका छन् । स्रोतका अनुसार बंगलाचुली घर भएपपनि एकजना भने प्यूठानको माण्डबी गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका व्यक्ति हुन ।
यो संगै दाङको बंगलाचुलीमा मात्रै सबैभन्दा धेरै ६९ जनामा संक्रमन पुष्टि भएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार गरिएको पिसिआर परीक्षण अनुसार तुलसीपुर उपमहानगरपालिकामा वडा नं. १७ का १जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एकजनामा पनि कोरोना संक्रमन पुष्टि भएको छ । त्यो बाहेक जिल्लाका अन्य स्थानका केही व्यक्तिमा समेत संक्रमन फेला परेको छ ।
आइतवार एकैदिन ५६ जना संक्रमित थपिएपछि दाङमा कोरोना भाइरसका संक्रमितको संख्या १५२ पुगेको छ । यसअघि जिल्लामा ९६जना संक्रमित थिए ।दाङमा हालसम्म १० जना उपचार पछि घर फर्किएका छन् ।