२०८१ फाल्गुन २ गते शुक्रवार

चोरीको काठ बोकेको बस पल्टियो, चालक र सहचालक फरार


दाङ, जेठ ३२ । चोरीको काठसहित पश्चिम दाङबाट एउटा बस नियन्त्रणमा लिइएको छ । दाङको बबई गाउँपालिका वडा नं. ३ हंसपुरमा चोरीको सालको चिरान काठ बोकेको बस नियन्त्रणमा लिइएको छ । हँशपुरस्थित पिसियो चोकमा दाङ–सुर्खेत रोडबाट आउँदै गरेको ग १ ख ७७०३ नम्वरको बस हंशपुर प्रहरी चौकीले रोक्न खोज्दा नरोकी भाग्दै गर्दा बस अनियन्त्रित भई दुर्घटनामा परेपछि चोरीको काठ ओसार पसार गर्न लागेको तथ्य उजारगर भएको थियो ।

बसका चालक तथा सह चालक सहित थप २ जना वस पल्टिएपछि भागेका थिए । बसमा प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी तथा वन क्रमचरीले छानबिन गर्दा बस भित्र सालको टाचा निस्सा नभएको चिरान काठ थान २७ करिब ३९ क्यूफिट काठ बस बरामद भएको छ ।

बरामद गरिएको काठ ईलाका प्रहरी कार्यालय खिलतपुरले थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दाङमा पठाएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक मोहनविक्रम केसीले जानकारी दिए । पुरन्धारा सव डिभिजन वन कार्यालयका अधिकृत सिद्वान्त वरालले घटनाको अनुसन्धान भईरहेको जानकारी दिए ।दोषीलाई वन ऐेन २०७६ वमोजिम कारवाही गरिने उनले बताए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *