जेठ ३२। आज देशका केही ठाउँमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांस ठाउमा दिउँसो वर्षा हुने र प्रदेश १ र २ मा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुन भित्रिइसकेकाले देशका सबै ठाउँमा बदली हुने पनि मौसविद्ले अनुमान गरेका छन् ।
अहिले पनि प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । पानी पर्ने क्रम दिनदिनै बढ्दै जाने सम्भावना छ ।नदी तटीय क्षेत्रका बासिन्दालाई साथै ठूलो वर्षा हुने स्थानमा बाढि र पहिरोको जोखिम हुने भएकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार