२०८१ माघ १२ गते शनिवार

पर्वतमा पहिरो जाँदा तीन जनाको ज्यान गयो, ६ जना बेपत्ता

जेठ ३२ । पर्वतमा पहिरो जाँदा ३ जनाको ज्यान गएको छ भने ६ जना बेपत्ता भएका छन । पर्वतको कुश्मा नगरपालिका वार्ड न ३ मा गएराति गएको पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको हो ।पहिरोमा दुई वटा घर पुरिँदा तीन जनाको मृत्यु भएको हो । पहिरो गएराती ९ बजे गएको हो ।

पहिरोमा परि ज्यान जानेहरुमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा रहेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । गएराती भारी वर्षा भएको कारण पहिरो गएको प्रहरीको बताएको छ । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *