२०८१ माघ १२ गते शनिवार

दाङमा संक्रमितको संख्या ९६ पुग्यो


तुलसीपुर, जेठ ३१ । शनिबार दाङको बंगलाचुलीमा थप २ जनामा कोरोना भाइरसको संक्रमन फेला परेको छ । यो सँगै दाङमा संक्रमितको संख्या ९६ पुगेको छ । बंगलाचुली गाउँपालिकाको वडा नम्बर ६ का ४२ र २५ वर्षका दुई जना पुरूषमा कोरोना संक्रमन पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले बताए । उनीहरु दुबैजना सुधा प्रावि क्वारेन्टाइनमा बसेकाहरु हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणमा शनिवार उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । जेठ २१ गते नै बंगलाचुली गाउँपालिकाबाट ५२ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्य २ जनाको रिपोर्ट मात्रै पोजेटिभ आएको र अन्य ५० जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिएका छन् । संक्रमन फेला परेका दुबैजना छिमेकी देश भारतबाट आएकाहरु हुन । नयाँ संक्रमित दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *