२०८१ माघ १२ गते शनिवार

राजपुरमा ८० हजार नगदसहित १३ जुवाडे पक्राउ

दाङ, जेठ ३१ । दाङको राजपुरमा ८० हजार नगदसहित १३ जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गाउँपालिका वडा नम्बर ५ का सुरेन्द्र भण्डारी, सोही ठाउँका भिमबहादुर भण्डारी, हरिगोविन्द यादव, दिपक यादव, भुनेश्वर चौधरी, कुलदिप शर्मा,अनिराग भण्डारी र रोशन भण्डारी रहेका छन् ।

त्यसैगरी राजपुर वडा नं. ७ का प्रेम वली, सनोदकुमार चौधरी, लमही नगरपालिका वडा नम्बर ७ का सारोज चौधरी र विकास थापा, वडा नं. ८ का भूपबहादुर थापा र रञ्जित चौधरी पक्राउ परेका छन् । राजपुर गाउँपालिका निवासी सुरेन्द्र भण्डारीको कुखुराको फार्ममा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिए ।

जुवा भइरहेको भन्ने गोप्य सूचनाको आाधारमा छापा मार्दा १३ जना जुवाडेसहित नगद ८९ हजार ९ सय ८० रुपैंया बरामद भएको प्रहरी निरिक्षक राठोरले बताए । उनीहरुलाई आइतवार जुवा ऐन अन्र्तगत मुद्दा चलाउने र सोहीबमोजिम काबाही गरिने निरीक्षक राठोले बताए ।
पक्राउ परेका इलाका प्रहरी कार्यालय गढवामा राखिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *