२०८१ बैशाख १२ गते बुधवार

बारामा मृत्यु भएका ५ बर्षीय बालकमा कोरोना पुष्टि


काठमाडौं, जेठ ३१ । बारामा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना भाइरस पुष्टि भएको छ।वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा उपचारका क्रममा गएराति मृत्यु भएको थियो ।ती बालकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्यकर्मीले बताएका छन् । ती बालकमा निमोनियाको समस्या देखिएको थियो ।

परिवारले सुरूमा उनलाई निजगढस्थित सामुदायिक अस्पतालमा उपचारका लागि पुर्याएका थिए । तर त्यहाँ ती बालकको अवस्था जटिल बन्दै गएपछि अस्पतालले वीरगन्ज रिफर गरिदिएको थियो।५ बर्षीय बालकलाई स्वासप्रस्वासमा बढी समस्या देखिएको हुँदा भेन्टिलेटरमा सारिएको र सोही क्रममा उनको बालकको मृत्यु भएको थियो । मृत्यु पछि कोरोनाको आशंकामा ती बालकको स्वाब परीक्षण गरिएको थियो।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *