जेठ ३०। नेपालका यिनी चार जिल्लामा अझै पूर्ण लकडाउन हुनेछ। लकडाउन भएको करिब तिन महिना हुनै लाग्दा सरकारले लकडाउनलाई खुकुलो पारेको छ । सरकारले लकडाउन खुकोलो पारे पनि यी चार जिल्लामा भने पूर्ण लकडाउन हुने भएको छ।स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ कोरोना संक्रमण भएको जिल्लामा पूर्ण लकडाउन गर्ने भनिएको छ।उक्त निर्णय अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र दैलेखमा पूर्ण लकडाउन जारी हुने भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय बढी एक्टिभ संक्रमित रहेका जिल्लामा अर्को मापदण्ड जारी नभइन्जेल लकडाउन पहिलेकै अवस्थामा लागू हुने बताए।
चार वटै जिल्लामा एक्टिभ कोरोना संक्रमण संख्या २ सय भन्दा बढी छ। सर्लाहीमा ४७१, रौतहटमा ५१६, कपिलवस्तुमा ३५३, र दैलेखमा ४४३ जना संक्रमित छन्। शुक्रबार मात्रै ४४८ जना संक्रमित थपिएपछी नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ। जसमा तीन जिल्लामा मात्र २ सय ‘एक्टिभ’ संक्रमण छ। झण्डै तीन महिनापछि लकडाउनलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै नयाँ मापदण्ड जारी गरेको हो।
