२०८१ माघ ९ गते बुधवार

शुक्रवार नेपालमा ४४८ जना नयाँ संक्रमित थपिए


दाङ, जेठ ३० । नेपालमा शुक्रबार अहिले सम्मकै सबै भन्दा धेरै ४४८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो तथ्याङ्क अहिले सम्मकै सबैभन्दा उच्च हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या शुक्रवार ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । १६ जनाको भने मृत्यु भइसकेको छ ।

कर्णाली प्रदेशमा ८३ जना थपिए
शुक्रबार कर्णाली प्रदेशमा मात्रै ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट ८३ जनामा संक्रमन भेटिएको हो । जसका सुर्खेतका ४५ र दैलेखका ३८ जना रहेका छन् ।सुर्खेतको लेकबेसी नगरपालिकामा दुई महिलासहित ३१ जना, भेरीगंगा नगरपालिकाका ६ जना पुरुष, चिङ्गान गाउँपालिकाका ५ जना पुरुष, सिम्ता गाउँपालिकामा २ र वीरेन्द्रनगर नगरपालिका एक पुरुषान संक्रमन भेटिएको हो ।त्यस्तै दैलेखको दुल्लु नगरपालिकामा ४ महिलासहित २८ , भैरवी गाउँपालिकामा एक महिलासहित ७ र ठाँटीकाँध गाउँपालिकामा ३ पुरुषमा कोरोना संक्रमण भेटिएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *