दाङ, जेठ ३० । दाङ र रुपन्देही जिल्लामा डुवेर तीन जनाको ज्यान गएको छ । राजपुर गाउँपालिका वडा नं. २ चख्वा निवासी ३२ बर्षीय गुरु चौधरीको राप्ती नदीमा डुवेर ज्यान गएको छ । विहीवार दिउँसो गर्मी छल्न भन्दै ३÷४ जना साथीहरु संगै चौधरी राप्ती नदीमा नुहाउन भनी गएका थिए । त्यसैक्रममा डुबेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।त्यस्तै रुपेन्देहीमा एक ७ बर्षीय बालक र ७९ बर्षीया एक जेष्ट नागरिकको पोखरीमा डुवेर ज्यान गएको छ ।
जिल्लाको मायादेबी गाउँपालिका वडा नं. १ अहिरोली घर भएका ७ बर्षीय बालक राहुल चाईको ज्यान गएको छ । कोटहीमाई गाउँपालिका वडा नं. ४ स्थित मामाको घरमा बस्दै आएका उनको बिहीवार दिउँसो त्यहीको माछा पोखरीमा डुवेर ज्यान गएको ५ नं. प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै सियारी गाउँपालिका वडा नं. ६ निवासी ७९ बर्षीया मनमाया गुरुङको पनि स्थानीय माछा पोखरीमा डुवेर ज्यान गएको छ ।