२०८१ बैशाख ६ गते बिहिवार

बबईमा त्रिशुल प्रहार गरि एकजनाको हत्या

घाइते बालाराम ओली

दाङ, जेठ ३० । दाङको बबई गाउँपालिकामा शुक्रवार विहान त्रिशुल प्रहार गरि एक जना व्यक्तिको हत्या भएको छ । बबई गाउँपालिका वडा नं. ३ धनवास निवासी ४६ बर्षीय नारायणप्रशाद डाँगीको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए । डिएसपी सिंहका अनुसार विहान ८ बजेतिर स्थानीय २४ बर्षीय बालाराम वलीले मन्दिरको त्रिशुलले एकाएक डाँगीमाथि आक्रमण गरि हत्या गरेका थिए ।

हत्या पछि जंगल प्रवेश गरेका वलीले आफ्नो लिंगमा समेत त्रिशुल प्रहार गरेर घाइते भएका छन् । ‘लिंगको माथिल्लो भागमा घाउ छ,तर लिंग छिन्निएको घने छैन,’ उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले भने । वलीको हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
डाँगीमाथि त्रिशुल प्रहार गरि हत्या गरेको अभियोग खेपेका वली स्थानीय जनता मावि विद्यालयमा निर्मित क्वारेन्टिनमा भान्सेको काम गरिरहेका व्यक्ति रहेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

डाँगी चौपारीमा बसिरहेको समयमा मन्दिरवाट त्रिशुल लगेर गएका वलीले एक्कासी आक्रमण गरेको प्रत्यक्षदर्सीले बताएका छन् ।स्थानीय प्रेम नागबागले प्रत्यक्षदर्सीका अनुसार बर पिपलको चौपारीमुनी बसिरहेका डाँगीमाथि वलीले सुरुमा पेटमा र पछि घाँटीमा आक्रमण गरेर हत्या गरेका थिए । प्रहरीका अनुसार डाँगीको तुलसीपुर तर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । हत्या गरिएका डाँगीको गाउँमा किराना पसल छ । उनी आँखाको दृष्टि कमजोर भएका व्यक्ति भएको नागवागले बताए । वलीले घटनास्थल नजिकै पुरानो मन्दिरवाट त्रिशुल निकालेर लगि डाँगीमाथि विना कारण आक्रमण गरेर हत्या गरेको स्थानीयले बताएका छन् । प्रहरीले भने घटनावारे अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *