लिलाधर वली,
दाङ, जेठ २९ । प्रहरीले दाङमा पाँच किलो गाईको मासुसहित ६ जनालाई पक्राउ गरेको छ ।प्रहरीले गाईको बाच्छीलाई काटी मासु बोरामा राखेर हिडिरहेको समयमा घोराही उपमहानगरपालिका–५ पिपलटाकुरा फुलवारी टोलबाट प्रहरीले बुधवार राती आठ बजे ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । उनीहरुलाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको थियो ।
पक्राउ पर्ने ६ जना पुरुषहरु रहेको डिएसपी खड्काले जानकारी दिएका छन् । ‘गाईको बाच्छी काटेर मासु भाग लगाएर हिडिरहेको समयमा ५ किलो मासुसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो’–डिएपसी खड्काले भने–‘पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भैरहेको छ ।’
घट्नाको थप अनुसन्धान भैरहेकाले नाम सार्वजनिक नगरेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिहरुलाई गाईगोरु काट्न वा मर्न नपाइने २०७५ भाग २ परिच्छेद २७ को दफा २८९ अनुसार कारवार्ही पक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गाई काटेको आरोपमा प्युठानमा ३ जना पक्राउ
यसैविच गाई काटेको आरोपमा प्यठानमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । प्युठान नगरपालिका –६ लम्छ्याङका ३ जनालाइ गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिएका छन् ।
पक्राउ हुनेमा झुपा सिंह रोका मगर, देवी घर्ति र भवि पुन रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बनाएका छन् ।