जेठ २९ । बाजुरामा चार दिने शिशुमा पनि कोरोना संक्रमण भेटिएको छ । बुढीगंगा नगरपालिकाको स्थानीय धुरालसैन माविको क्वारेन्टिनमा आमासँगै बसेकी ४ दिनकी शिशुमा कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
जेठ १५ गते जन्मेकी बालिकालाई जन्मेको चौथो दिनमा अस्पतालमा स्वाब संकलन गरिएको थियो । ४ दिने बालिका सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । बिहीबार सुदूरपश्चिम प्रदेशमा २७ जनामा कोरोनाको संक्रमण देखिएको अस्पतालले बताएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार