२०८१ माघ १२ गते शनिवार

विहीवार दाङमा थप ८ जना नयाँ संक्रमित थपिए


तुलसीपुर, जेठ २९ । विहीवार दाङमा थप ८ जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन् । संक्रमित मध्य एकजना तुलसीपुरका, एकजना घोराहीका र ६ जना राप्ती गाउँपालिकाका हुन । यो संगै दाङमा संक्रमितको संख्या ९४ पुगेको छ । त्यसमध्य १० जना भने उपचारपछि घर फर्किएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का २८ बर्षीय एक युवामा संक्रमन भेटिएको छ । उनी तुलसीपुरको मावि सेन्टर क्वारेन्टिनमा बसेका युवा हुन । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १४ का ४३ बर्षीय एक पुरुषमा संक्रमन भेटिएको छ । उनी बालबिकास क्वारेन्टिनमा बसेका थिए ।

त्यसैगरी राप्ती गाउँपालिका वडा नं. ४ का २२ बर्षीय एक युवा, वडा नं. ३ का २७ बर्षीय युवा र १८ बर्षीया युवती र वडा नं. १ मा १२ बर्षीय बालक, ३२ बर्षीय युवा र ३० बर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिएका छन् । फेला परेका नयाँ संक्रमित सबै भारतवाट आएकाहरु भएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *