बुटवल, जेठ २९ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। बुधवार विहान मृत्यु भएका अर्घाखाँचीका एक जना व्यक्तिको मृत्यु कोरोनाले गर्दा भएको पुष्टि भएको छ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ४ निवासी ५७ वर्षीय ती व्यक्तिको बुधवार बुटवलबाट उपचार गरेर फर्कने क्रममा बिहान ११ बजेतिर बाटोमै मृत्यु भएको थियो।
जेठ १५ गते भारतबाट आएका उनलाई आउनसाथ गाउँपालिकाको क्वारेन्टिनमा राखिएको थियो। मंगलबार उनको श्वासप्रश्वासमा समस्या देखिएपछि प्राथमिक उपचारको लागि अर्घाखाँची अस्पताल लगिएको थियो। उक्त अस्पतालले मंगलवार राति नै उनलाई बुटवल रेफर गरेको थियो। बुटवलबाट उपचार पछि घर फर्किने उनको बाटोमै मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार