
तुलसीपुर, जेठ २८ । दाङको बेलझुण्डीस्थित कोरोना विषेश अस्पताल वाट बुधवार थप ७ जना डिस्चार्ज भएर घर गएका छन् ।घोराहीउपमहानगरपालिका वडा नम्बर १८ का २४ र २५ वर्षीय दुई युवा , घोराही १० का ४० वर्षीय अर्का एक पुरुष उपचार पछि निको भएर घरफर्किएका छन् ।
त्यस्तै लमही नगरपालिका वडा नम्बर १ र ४ का २६ वर्षीय दुई युवा, वडा नम्बर ५ का २० वर्षीया एक युवती र वडा नम्बर ६ का १८ वर्षीयएक युवापनि डिस्चार्ज भएर घर फर्किएको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
उनीहरु सबैलाई जेठ १४ गते कोरोना भाइरसको संक्रमण देखिएको थियो । बुधवार सम्म बेझुण्डी अस्पतालबाट दाङका मात्रै १० जनाउपचारपछि घर फर्किएका छन् । त्यस्तै बाँके, कपिलबस्तु, रुपन्देही लगाएतका जिल्लाका गरि ३२ जना डिस्चार्ज भएका छन् । अबअस्पतालमा ३७ जनाको उपचार रहेको अस्पताका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले फरक कोणलाई बताए ।