सुर्खेत, जेठ २८ । कर्णाली नदीमा टिपर खस्दा चालकसहित ३० जना भन्दा बढी यात्रु बेपत्ता भएका छन् । नरहरिनाथ गाउँपालिका वडा नं. १ लाली बजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ । उनीहरु कालिकोटका सर्वसाधारण हुन ।
भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा लैजान लागिएको समयमा बुधवार बिहान टिप्पर कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले नदीमा बगेका मध्य ६ जनाको उद्धार गरिएको जानकारी दिएको छ । उद्धार गरिएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट लगिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार