दाङ, जेठ २८ । रुपन्देहीमा बाबुले आफ्नै छोराको बञ्चरो प्रहार गरि हत्या गरेका छन् । कञ्चन गाउँपालिका वडा नम्बर १ कुचेराका ५३ वर्षीय रिमबहादुर कुमालले आफ्ना १६ वर्षीय छोरा सुदिप कुमालको बन्चरो प्रहार गरी हत्या गरेको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता राजकुमार बैदवारले जानकारी दिएका छन् ।
आफ्नै काकाको घरको छतमा सुतेका सुदिपलाई बुधवार विहान साढे १ बजेतिर सुतेकै ठाउँमा बाबुले छोरामाथि बञ्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहार बाट गम्भीर घाइते सुदिपको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा विहान ३ बजे मृत्यु भएको प्रहरीले बताएको छ । छोराको बञ्चरो प्रहरी गरि हत्या गरेको अभियोगमा बाबु रिमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार