२०८१ बैशाख १२ गते बुधवार

जुम्लाका १८ जनाले जिते कोरोनालाइ

जेठ २८ । जुम्लाका १८ जनाले कोरोनालाइ जितेर घर फर्किएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गराइरहेका जुम्लाका १८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीलाइ मंगलबार डिस्चार्ज गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ ।

कोरोना जितेर घर फर्कनेहरुमा जुम्ला सिंजा गाउँपालिकाका ६ जना, हिमा गाउँपालिकाका ४ जना, जुम्लामा कार्यरत ५ जना सुरक्षाकर्मी र ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।

कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा उपचार पछी पछिल्लो पटक गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि प्रतिष्ठानले उनीहरुलाई घर फर्काएको हो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *