२०८१ माघ ९ गते बुधवार

कञ्चनपुरका तीन प्रहरीलाई कोरोनाको संक्रमण

कञ्चनपुर, जेठ २८। कञ्चनपुरमा तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्रहरीमा कारोना संक्रमण देखिएको हो। भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक गरी तीन प्रहरीमा कारोना संक्रमण देखिएको हो।

संक्रमण देखिएका दुई जनाको महाकाली अस्पतालको आइसोलेसनमा र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । संक्रमित तीनै जना प्रहरीको स्वास्थ्य अवस्था भने सामान्य छ। क्वारेन्टिनमा बस्दै आएका संक्रमित प्रहरीको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन भइरहेको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *