दाङ, जेठ २७ । बाँकेमा क्वारेन्टाइनमा बसेका एक युवालाई सर्पले डसेको छ । जानकी गाउँपालिका– १ बढैया गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा एक युवालाई सर्पले डसेको छ ।
सोमबार रातको साढे दशबजे सर्पले एक युवालाई डसेपछि उनलाई झारपुक गरेरै बचाइएको छ । वडाध्यक्ष मोहम्मद रजा राईले एम्बुलेन्सलाई बोलाउँदा नआएपछि गुरुवाले झारफुक गरेर निको पारेका बताए । सर्पले डसेका ती युवालाई मंगलबार बिहान मात्रै अस्पताल लगिएको र हाल उनको अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ । उनलाई विषालु सर्प करेतले डसेको बताइएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार