२०७८ जेष्ठ ४ गते मङ्गलवार

घोराहीमा थपिए ६ संक्रमित


दाङ, जेठ २७ । दाङ, जेठ २७ । दाङमा मंगलवार थप ६ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । संक्रमित सबै ६ जना घोराहीकै हुन । उनीहरु सबै पुरुष नै हुन । उनीहरु सबै केही दिन पहिले भारतवाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ४ का २१, २२, २६, ३२, ३६ र ३७ बर्षीय पुरुषहरुमा कोरोना भाइरस भेटिएको हो । उनीहरु आधारभूत विद्यालय सवारीकोटको क्वारेन्टिनमा बसेकाहरु हुन । यो संगै दाङमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ ।

मंगलवार देशभर थपिए ३२३ संक्रमित
मंगलबार मात्रै नेपालमा ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २९२ जना पुरुष र ३१ जना महिला गरि एकै दिन ३२३ जना संक्रमित थपिएका हुन । यो संगै नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ।मंगलवार सम्म १५ जनाको मृत्यु भएको छ । ५८४ जना डिस्चार्ज भएर घर फर्किएका छन् । मंगलवार मात्रै ९६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *