२०८१ माघ १२ गते शनिवार

नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गयो

जेठ २७ । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको ज्यान गएको हो । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको ज्यान गएको हो । उनमा पहिले देखि सुगर र प्रेसरको समस्या समेत रहेको थियो ।

उनको मंगलबार विहान ७ बजे ज्यान गएको अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेको छ ।

भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *