जेठ २७ । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । नवलपरासी ( सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । उनीहरुको उमेर ४० देखि १८ वर्षका रहेका छन् ।संक्रमितहरु सबै पुरुष हुन् ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जारी गरेको बिज्ञप्ति अनुसार यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका हुन् । यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार