२०८१ माघ १२ गते शनिवार

तिलोत्तमामा ५ जनाको हत्या, मारिनेमा १ महिला र ४ पुरूष

जेठ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गएराति सुर्खेतका एक जना व्यक्तिले भैसी फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । ‘गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव फेला परेका थिए ।

ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ। मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्।

प्रहरी घटनास्थल पुगिसकेको छ भने मुचुल्का उठाउने काम भइरहेको छ। एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *