२०८१ बैशाख ७ गते शुक्रवार

दाङबाट डिस्चार्ज भएकालाई गाउँले गाउँमै पस्न दिएनन्

दाङ, जेठ २६ । बाँकेको नरैनापुरका स्थानीयले दाङवाट डिस्चार्ज भएर गएका ३ जनालाई गाउँमै पस्न नदिएपछि पुनः आइसोलेनमा लगेर राखिएको छ । कोरोना पोजेटिभ नै भएपनि बाँकेको नरैनापुर गाउँपालिकाका ३ जनासहित १० जनालाई दाङस्थित कोरोना विषेश स्पतालले डिस्चार्ज गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार निश्चित अवधि १० दिन बसेपनि कुनै लक्षण नदेखिएका व्यक्तिहरुबाट अरुमा संक्रमनको जोखिम रहँदैन भन्ने मान्नेता अनुसार उनीहरु डिस्चार्ज भएका थिए । तीनै मध्यका तीन जना पोजेटिभलाई डिस्चार्ज भएर दाङवाट गएपनि गाउँलेले गाउँमा पस्नै नदिएपछि पुनः उनीहरुलाई बाँकेको नेपालगन्ज स्थित डेन्टल हस्पिटलको आइसोलेनसमा भर्ना गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले गाउँलेको विरोधका कारण उनीहरुलाई फेरि ल्याएर आइसोलेसनमा ल्याएर राख्नु परेको जानकारी दिए । कोरोना मुक्त भइ नसेका व्यक्तिहरु घरमा जान खोज्दा गाउँलेको चर्कौ विरोध भएपछि त्यहाँका अध्यक्षले उनीहरुलाई गएराति छुट्टै स्थानमा लगेर राखेका थिए । यसैबीच बाँकेमा सोमवार थप २० जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *