२०८१ माघ १२ गते शनिवार

दाङमा संक्रमितको संख्या ८० पुग्यो


दाङ, जेठ २६ । सोमवार दाङमा थप ३ जनामा कारोना संक्रमन पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । सोमवार बंगलाचुली गाउँपालिका वडा नं. १ निवासी ३१,४७ र ७० बर्षीय पुरुषमा कोरोना संक्रमन भेटिएको छ । उनीहरुको स्वाब संकलन महेन्द्र मावि स्यूजाको क्वारेन्टिनवाट गरिएको थियो ।

उनीहरु सबै छिमेकी देश भारतवाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन । त्यस्तै भारतमै मृत्यु भएका घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ५९ बर्षीय अर्का एक पुरुष व्यक्तिमा आइतवार नै कोरोना पुष्टि भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती व्यक्तिको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको शवको व्यवस्थापन आइतवार नै गरिएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *