तुलसीपुर, जेठ २६ । राप्ती ड्रिङकिंङ वाटर प्रालिले नेपाल पत्रकार महासंघ दाङ शाखालाई ‘प्रेस ज्याकेट’ उपलब्ध गराएको छ । राप्ती ड्रिङकिंङ वाटर प्रालिका सञ्चालक खेमराज वलीले पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलाई ५० पिस प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन ।
ज्याकेट हस्तान्तरण समारोहमा वलीले कोरोना भाइरस बारे सूचना संकलन गर्न खटिने पत्रकारलाई सहजहोस भनेर ज्याकेट सहयोग गरेको बताए । शाखा अध्यक्ष प्रियासनले महासंघलाई ज्याकेट प्रदान गरेकोमा वलीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रेस ज्याकेट तुलसीपुर,घोराही र हापुरेमा कार्यरत पत्रकारलाई हस्तान्तरण गरिने भएको छ । ज्याकेट वितरण कार्यक्रमको पत्रकार गणेश आचार्यको समन्वयमा भएको हो । कार्यक्रमको सहजिकरण महासंघका शाखा सचिव सहसचिव गोकर्ण पौडेलले गरेका हुन ।
प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार