दाङ, जेठ २६ । नेपालमा सोमबार ३१४ जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारीदिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। त्यसमध्य १४ जनाको मृत्यु भइसकेको छ । ४ सय ८८ जनानिको भएर घर फर्किसकेका छन् । सोमवार भाररतमा मृत्यु भएका अर्घाखाँचीका युवकसँगै एउटै बसमा आएका ३० जनामा कोरोनासंक्रमण पुष्टि भएको छ।
गत जेठ १० गते भारतबाट आउने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ९ का ३५ वर्षीय युवकको मृत्यु भएको थियो।नेपालमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
उनीसँगै गाडीमा आएका ५१ जना मध्य ३० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा दुई जना महिला र बाँकी सबै पुरूष छन् ।संक्रमितहरु सन्धिखर्क नगरपालिकाका २८ जना र पाणिनी र सितगंगाका १÷१ जना रहेका छन् ।
प्रदेश २ मा एकै दिन थपिए १७४ संक्रमित
प्रदेश २ मा सोमवार मात्रै १७४ जना नयाँ संक्रमित फेला परेका छन् । प्रदेश ६ वटा जिल्ला मध्य सर्लाहीमा सबै भन्दा धेरै १२० जना नयाँसंक्रमित फेला परेका छन् ।
त्यस्तै सप्तरीमा १६,रौतहट ११ जना, महोत्तरीमा १२, पर्सामा ८ र बारामा ७ जनामा सोमवार कोरोना पुष्टि भएको छ । यो संगै प्रदेश २ मामात्रै संक्रमितको संख्या १ हजार ३ सय २३ पुगेको छ ।