दाङ, जेठ २६ । सल्यानमा एक महिलाले आफ्नै पतिको बसुलाले हानेर हत्या गरेकी छन् । त्रिवेणी गाउँपालिका वडा नं. ६ भुम्केज्युलाकी ३६ वर्षीय डिल्लीबहादुर घर्तीको उनकै पत्निको बसुला प्रहार बाट मृत्यु भएको छ ।
सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार घर्तीकी ३६ बर्षकै पत्निले पति डिल्लीबहादुरलाई आइतवार बेलुका साढे ८ बजेतिर घरमै बसुला प्रहार गरेकी थिइन । गम्भीर घाइते घर्तीको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा आइतवार राति नै मृत्यु भएको डिएसपी खतिवडाले जानकारी दिए ।
पतिलाई बसुला प्रहार गरि हत्या गरेको अभियोग खेपेकी ती महिलालाई प्रहरीले आइतवार राति नै पक्राउ गरि इलाका प्रहरी कार्यालय लुहाममा राखिएको डिएसपी खतिवडा बताए । घटनावारे अनुसन्धान सुरु भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार