२०८३ भाद्र ३० गते मङ्गलवार

गढवामा जेसिबी, स्काभेटरसहित ४ वटा उपकरणमा आगजनी


दाङ, जेठ २६ । गढवामा राति जेसिबी, स्काभेटर लगाएत ४ वटा उपकरणमा अज्ञात समुहले आगजनी गरेको छ । हुलाकी राजमार्ग निर्माणमा प्रयोग भएका जेसिबी लगाएतका ४ उपकरणमा भएको आगजनीवाट साढे ४ करोड बढीको क्षति भएको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले बताए ।

गाउँपालिका वडा नं. १ जेठान गाउँमा सोमवार विहान ३ बजेरतिर अनटेष्ट जेसिबी एउटा, बा २ क २२७२ नम्वरको एउटा र अर्कौ अनगेष्ट दोसान मेसिन, बा २ क ४४८२ नम्बरको हुन्डाई मेसिन एउटा र रा १ ख ७१३ नम्वरको मेसिन एउटा गरि चारवटामा आगजनी भएको एसपी चन्दले बताए ।

ती सवारी साधन हुलाकी सडक निर्माणको काममा प्रयोग गरिएका थिए । प्रहरीका अनुसार बज्रगुरु कन्ट्रक्सन प्रालिले राजमार्ग निमार्णको काम गर्दै आएको थियो ।चन्दले घटनाको अनुसन्धानका लागि प्रहरी परिचानल गरिएको जानकारी दिएका छन् । यो खवर तयार पार्दासम्म घटनाको जिम्मा कसैले पनि लिएको छैन ।

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *