
तुलसीपुर, जेठ २५ । आइतवार दाङमा थप दुई जनाका कोरोना संक्रमण भेटिएको छ । नयाँ संक्रमित घोराही र लमही नगरपालिकाकाहुन । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा आइतवार घोराही उपमहानगरपालिका वडा नं. १९ का२४ वर्षीय एक युवा र लमही नगरपालिका वडा नं. –५ का २७ वर्षीय अर्का एक युवामा कोरोनाको संक्रमन पुष्टि भएको प्रतिष्ठानकानिमित्त कायममुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।
यो संगै दाङमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । तीन जना भने डिस्चार्ज भएका छन् । प्रतिष्ठानमा गरिएको पिसिआरपरीक्षणमा रोल्पामा पहिलो पटक ३ जना, प्यूठान र कपिलबस्तु जिल्लामा थप १÷१ जनामा कोरोना संक्रमन भेटिएको छ ।आइतवारदेखि ५ नं. प्रदेशका १२ वटै जिल्लामा संक्रमन भेटिएको हो ।
प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
