पहलमान घर्ती,
रोल्पा, जेठ २४ । रोल्पामा पहिलो पटक ३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । ति संक्रमित व्यक्तिहरु सुनीलस्मृति गाउँपालिका ५ का २० र २७ वर्षका पुरुष हुन । भने अर्का एक जना ६ नम्वर वडाका २२ वर्षीय पुरुष हुन । ५ नम्वर वडाका २ जनाको भेरी अञ्चल अस्पताल नेपागञ्जमा परिक्षण गरिएको थियो । भने ६ नम्वर वडाका एक जनाको दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गरिएको थियो । ३ नै जना १२ गते भारतको नयाँ दिल्लीबाट आएका थिए ।
उनीहरुमा कोरोना भाइरसको कुनै लक्षण भने देखा परेको छैन् । उनीहरुले त्यहा रेष्टुरेन्टमा काम गर्दै आइरहेका थिए । संक्रमित ३ नै जनालाई रोल्पा अस्पतालमा बनाइएको आइसोलेसमा ल्याउने की जलजला क्याम्पसमा रहको आइसोलेसनमा राख्ने भन्ने बारेमा बैठक भइरहेको रोल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी राम बहादुर केसीले जनाए । सुर्यदय आधारभुत विद्यालयको क्वारेन्टिमा बसेका १० जना मध्ये २ जनाको पोजेटिभ देखिएको हो । भने जनज्योति माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका ८ जना मध्य १ जनालाई पोजेटिभ देखिएको हो ।
यो गाउँपालिकामा आजसम्म ३ सय ८४ जनाको स्वाब संकलन गरिएको छ । भने २ सय ७६ स्वाब परिक्षण्को लागि पठाइएको छ । २२ वटा स्वाब परिक्षण भइसकेका छन् । त्यस मध्ये ३ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । स्वाब संकलनको लागि गाउँपालिका आफैले भिटिएम किनेको हो । जिल्लाभर ४ सय ६८ जनाको स्वाब संकलन गरिएको छ । ३१ वटा परिक्षण भइसकेका छन् । १ हजार ४ सय ७६ जना भारतबाट आएकाहरु क्वारेन्टिनमा बसेका छन् ।